विराटनगर । छैठौं संस्करणको मिस कोशीको फाइनलमा पुगेका ३० जना प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उनीहरूले मिस ट्यालेन्ट राउण्डमा आ–आफ्ना रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् ।

ट्यालेन्ट राउण्डको फाइनलमा पुगेका प्रतियोगिहरूले गीत, नृत्य, अभिनय, कविता, मूर्तीकलालगायतका विभिन्न प्रतिभा देखाएको जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए ।

किशोरीहरूमा भएका प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्याक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता विभिन्न चरणको अडिसनबाट ३० जना फाइनलमा पुगेका हुन् ।

Judge111

ट्यालेन्ट राउण्डको निर्णायकहरूमा नृत्य निर्देशक मनोज राजवंशी, संगीतकार तथा गायक राम राउत, नाट्यकर्मी तथा  मिस कोशी २०१५ को मिस ट्यालेन्ट श्रृती नेपाल, जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज राय रहेका थिए ।

कार्यक्रमको विशेष अतिथिमा काँग्रेस नेता तथा युवा व्यवसायी राजेश गुप्ता र अन्य अतिथिहरुमा धरानका डा. सन्जय शर्मा, व्यवसायीहरू किशोर बास्कोटा र रोशन घिमिरे रहेका थिए । मिस ट्यालेन्ट हुने एक जना प्रतियोगितलाई फाइनलमा एवार्ड बितरण गरिनेछ । प्रतियोगिताको फाइनल असोजमा हुनेछ ।

फाइनलमा पुगेका प्रतियोगितहरूलाई अहिले बन्द प्रशिक्षणमा विभिन्न क्षेत्रका विज्ञता हासिल गरेका व्यक्तिलाई ल्याएर प्रशिक्षण दिने गरेको छ । प्रतियोगिताको बिजेता स्कुटी र विभिन्न गिफट ह्याम्परको साथै पोखरा टुर पनि रहेको छ ।

३० जना मध्ये एक जना प्रतियोगिलाइ आमा डबलम कलेज बिराटनगरले बिए, बिबिएस, र एकाउटीगं कुनै पनि विषयमा अध्ययन गर्न पूर्ण रूपमा स्कलरसिप प्रदान गर्ने भएको जय मिडिया म्यानिजमेन्ट प्रालिकी सिइओ निशा खतिवडाले जानकारी दिइन् ।