धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रतिष्ठानको २८ औं स्थापना दिवस तथा १०७ औं वीपी जयन्तीका अवसरमा झण्डोत्तोलन गरेका छन् ।
संघर्ष समितिले कार्यक्रम गर्नकै लागि काठमाण्डौंबाट धरान आइपुगेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई राेकेर आफैले झण्डोत्तोलन गरेका हुन् । प्रतिष्ठान व्यवस्थापन पक्षले सुरक्षाकर्मी परिचालन गरेर कार्यक्रम गर्न खोजेका थिए । ७ बजे उपकुलपति कार्यलय परिसरमा झण्डोत्तोलन र पौने ८ बजे वीपी कोइरालाको सालिकमा माल्र्यापण कार्यक्रम राखेकाे व्यावस्थापन पक्षले आन्दोलनकारीहरुको ठुलो संख्यामा उपस्थिति अहिले सम्म दुबै कार्यक्रम गर्न सकेकाे छैन ।
संघर्ष समितिले प्रतिष्ठानको ऐनको दफा ११ (घ) अनुसार सिनेट फेस नगरि उपकुलपतिलाई कार्यालय प्रवेश गर्न निषेध गरिएको जनाएकाे छ । व्यवस्थापन पक्षको उक्त कार्यक्रमलाई बहिष्कार गर्ने र सशस्त्र प्रतिकार गर्ने चेतावनी पछि ठूलाे संख्यामा प्रहरी परिचालित भएपनि तिष्ठानका पदाधिकारीहरुले प्रतिष्ठानको २८ औं स्थापना दिवस तथा १०७ औं वीपी जयन्ती मनाउन पाएका छैनन् ।