मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष  र नायब उपाध्यक्ष  नेपाल भ्रमणमा आएका छन्  ।

एमसीसी टोली आएका कतार एयरलाइन्सको विमान बिहान ९ः३० मा त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । एमसीसी टोली आउने भएपछि  विमानस्थलमा विमान स्थल भित्र तथा बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

नेपालमा विवादित भइरहेको एमसीसी परियोजनाकारे ठोस कुरा गर्नेका लागी उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चार दिने भ्रमणमा आएका हुन् ।

बिहानै देखी कडा बनाइको सुरक्षा व्यवस्थाका कारण समाचार संकलनका लागि पुगेका संञ्चारकर्मीलाई पनि भिआइपी कक्षमा प्रवेश गर्न दिइएको छैन ।

विमानस्थलमा भित्रीने र बाहिरिने दुबैलाई चेकजाँच गरिएको छ ।