महोत्तरी । महोत्तरी जिल्लामा विषालु सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले मङ्गलबार राति ती बालिकालाई सर्पले डस्दा मृत्यु भएको जानकारी दिए ।
रासस