बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिला घाइते भएकी छन् ।
तीज मनाउन माइत आएकी महिला हात्तीको आक्रमणबाट घाइते भएकी हुन् ।
मंगलबार मध्यरातमा दुई वटाको सँख्यामा आएका हात्तीले मेचीनगर १३ का यमकान्त घिमिरे र दिलबहादुर मग्रान्तीको घर भत्काएको थियो ।
आफ्नो बच्चासहित माईती घरमा सुतिरहेकी रेजिना घिमिरे हात्तीको आक्रमणबाट घाइते भएकी हुन् । उनको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको वडा अध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।