धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा=डा बलभद्रप्रसाद सँग  बिशेष अदालतले १ करोड धरौटी माग गरेको छ ।

पूर्वउपकुलति दासले गैरकानुनीरुपमा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले अख्तियारले २०७७ भदौ ३० गते डा=दास र श्रीमति पुनम दासविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

डा=दासले ७ करोड ७१ लख ९२ हजार ८ सय ६० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारको अभियोग पत्रमा उल्लेख थियो । साथै, श्रीमतिको नाममा पनि दासले गैरकानुनी सम्पत्ति राखेको अख्तियारको अभियोग थियो ।

सोही मुद्याका लागि सोमबार बिशेष अदालतमा न्यायधिशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलाशले दासको वयान सकेपछि १ करोड धरौटीको आदेश दिएको हो ।

दासकी श्रीमतिको हकमा भने साधारण तारेखको आदेश उक्त इजलाशले दिएको बिशेष अदालतले जनाएको छ ।

पूर्वउपकुपति दास प्रतिष्ठानको विभिन्न सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति कमाएको देखिएको अख्तियारले जनाएको छ । फर्माकोलोजिस्ट डा=दासले ०५० सालमा हाउस अफिसरमा नियुक्त भएर प्रतिष्ठानमा प्रवेश गरेका थिए । त्यसपछि उनी प्रतिष्ठानको अस्पताल निर्देशक हुँदै २०६८ सालमा उपकुलपति भएका थिए ।

अख्तियारका अनुसार डा=दासले प्रतिष्ठानमा काम सुरु गरेको ०५० सालदेखि २०७६ असारसम्मको अवधिमा वैध आय ७ करोड ७० लाख १० हजार ४ सय ९८ रुपैयाँ ८० पैसामात्र देखिएको छ । तर लगानी र खर्च भने १५ करोड ३२ लाख ३ हजार ३ सय ५० रुपैयाँ पुष्टि हुन आएपछि उनको सम्पत्ति अवैध रहेको भन्दै मुद्दा दायर गरिएको हो । अख्तियारका अनुसार दासले अवैध सम्पत्ति श्रीमती पुनम दासको नाममा समेत राखेको पाइएको छ ।

बैंकको नाममा रहेकोमध्ये ७ करोड ७१ लख ९२ हजार ८ सय ६० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्तिको स्रोत नखुलेकाले जफत गर्न पनि अख्तियारले  बिशेष अदालत सँग माग समेत गरेको थियो ।