धरान -१६ स्थित यु एन  क्यापस  प्रमुख   तथा  नवोदय प्लस टु का प्रधानाध्यापक  डम्बरकुमार तुम्बापो सँग  शैक्षिक क्षेत्रको सेरोफेरोमा रहेर ब्लाष्ट खबरका लागि संजिता धमलाले गरेको  संवाद 

 अब विद्यालय कसरी संचालन गर्नु पर्छ जस्तो लाग्छ ? 

 शिक्षा  देश विकासको आधार सँगै परिवर्तनको संवाहक पनि हो । त्यही परिवर्तनका  सारथी भविष्यका कर्णधार विद्यार्थीहरुलाई  आज  कोरोनाका नाममा  शिक्षाबाट वञ्चित गरिएको छ  । त्यसैले  शिक्षा  बालबाालिका तथा विद्यार्थीको नितान्त  नैंसगिंक  अधिकार भएकाले अनलाईन  कक्षाको विकल्प रोज्नु आजको आवश्यकता हो । 

भिडभाडका बिचमा व्यापारका  लागि सुपरमार्केट,  आर्थिक कारोबारका लागि बैंक, आवत जावत गर्न यातायात,मनोरञ्जनका लागि  सिनेमा हल, खानका  लागि होटल खोल्नु हुन्छ भने  पढ्न पढाउनका लागि विद्यालय  किन नखोल्ने ? भन्ने प्रश्न  विद्यार्थी सँग  शिक्षकहरु  उठाइ रहेका छन्।  त्यसैले स्वास्थ्य मापदण्डको पूर्ण पालन गरी  शिक्षाबाट वञ्चित  भएका लाखौ करोडौ  विद्यार्थीहरुलाई जति सक्दो छिटो विद्यालय खोल्ने वातावरण बनाउनुको विकल्प नै छैन्। 

  देश विकासमा  सहयोग पुर्याउने युवा विद्यार्थी आज एडिकसनयुक्त टिकटक पब्जी, फ्रीफायर जस्ता सामाजीक संजालमा व्यस्त हुनु दुभाग्यपूर्ण अवस्था हो जसबाट  उनीहरुको कलिलो मतिष्कमा मनोवैज्ञानिक असर  पर्ने हुनाले अबको शिक्षा प्रणालीमा सम्बन्धित निकायले सोच्नु पर्छ । 

धरानलाई कसरी शैक्षिक हब बनाउन सकिएला त ?

 पूर्वको सुन्दर नगरी धरान  लाहुरेको र फेसेनेवल  सहरको रुपमा मात्र परिचित छैन्   शिक्षा क्षेत्रका विभिन्न विद्यामा  परिचित रहेको धरानमा देशकै उच्चस्तरीय हात्तिसार  क्याम्पस, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपीकेआइएचएस ), पिण्डेश्वर संस्कृत क्याम्पस,  पूवाञ्चल इन्जिनियरिङ क्याम्पस तथा फूड एण्ड टेक्नोलोजी तर्फका विषयमा   अध्ययन  गर्ने दक्ष तथा प्रभावशाली शिक्षक तथा विद्यार्थी धरानमा नै छन्। 

धरानमा  कुनै समय यस्तो समय थियो की  फुड एण्ड टेक्नोलोजीबारे जानकार थिएनन् 

 भने  होटल म्यानेजमेन्ट पढ्न पैसा खर्च गरेर काठमाण्डौ नै  जानु पर्ने बाध्यता थियो  तर, त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित यु एन कलेजले प्रदेश नं १ मा यो विषय स्थापना मात्र गरेन् एक दशक देखि नै यस कलेजका विद्यार्थीहरु बिएचएम तर्फको  नतिजामा प्रदेश टप छन्।  यहाँका विद्यार्थीहरु युरोपयिन गल्फ कन्ट्री थाइल्याड सम्म पनी पुगेका छन्।  विश्वकै ठुला स्टार होटलमा  मेनेजर भएमा छन् भने बैंकर्कस पनि भएका छन्।  विदेशमा इन्टर्नसीपका लागि भएका विद्याथीहरु उतै रोजगारी पाएको अवस्था पनि छ यस्तै  अन्य धरानका  विद्यालयहरुले  पनि आ —आफनो तरिकाले धरानलाई शैक्षिक हब बनाउन पहल गर्नु भएको छ। 

 शिक्षा क्षेत्रमा सम्बन्धित  निकायले थप के कस्ता कार्यहरु  गरि दिए हुन्थ्यो जस्तो लाग्छ ? 

शैशिक क्षेत्र संचालन गर्ने  व्यक्ति कस्तो हुनुपर्छ भन्ने विषयमाा छुट्टै निती नियम हुनु पर्यो । प्रत्येक व्यक्तिहरु  प्राज्ञिक तथा शिक्षाप्रेमी हुनु पर्यो,स्थानीय तहले  पनि स्थानीय शिक्षा ऐन अनुसार आफ्नो अधिकार प्रयोग गर्नुपर्याे ।  धरानको कुरा गर्ने हो भने धरान उपमहानगरपालिकाको शिक्षा क्षेत्रमा खेलेको भुमिका शून्यप्राय छ ।  

 शिक्षालाई कमाउधन्द्या भन्दा पनि सेवाप्रदायक  शैक्षिक संस्था  बनाउन केन्द्र सरकार र प्रदेश सरकारले पनि विद्यालय अनुगमन  गर्नु  पर्ने अवस्था सृजना भएको छ ।अनी  मात्र शिक्षा क्षेत्रमा सकरात्मक र स्वस्थ प्रतिस्पर्धा हुन्छ । 

यु एन कलेजले सधै प्रदेशमा राम्रो नतिजा ल्याउनुको त्यस्तो खास कारण के हो ? 

 प्लस टु र व्याचलरमामा युएनका विद्यार्थीहरु सधै टप हुनुको मुख्य कारण  दक्ष तथा अुनभवी शिक्षकहरुले यहाँका विद्यार्थीहरुलाई दिएको गुणस्तरीय शिक्षा हो भन्ने हाम्रो यस  वर्षको नतिजाले पनि प्रष्ट पारेको छ । पहिलो सेमेष्टर र तेस्रो सेमेष्टरको गत बिहिबार नतिजा आएको छ , जसमा तेस्रो सेमेष्टरकी प्रिजा डाँगीे धरान प्रथम तथा प्रदेश सेकेण्ड गर्न सफल  भइन्। उनले ३.८४ जिपिए प्राप्त गरेकी छिन् ।यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेशमा तेस्रो नतिजा ल्याएकी छिन् । जानुकाले ३.७३ जिपिए प्राप्त गरेकी छिन् । त्रिभुवन विश्वविद्यालयले बिएचएमका लागि ३३ कोटा निर्धारण गरेको हुन्छ । ती सबै विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएका छन्। 

एसईई र प्लस टु टपर विद्यार्थिहरुको पहिलो रोजाई बन्दै गएको छ ।  यहाँको शिक्षकहरु सबै विषयज्ञाता हुनुहुन्छ भने विद्यार्थीहरुले प्रोजेक्ट वर्क आफै गर्नु पर्छ ।  शिक्षा प्रणालीमा हामीले केही फरकपनको  व्यवस्था गरेका छौ । 

लकडाउको समयमा विद्यालयमा के के हुँदै छ ? 

अहिले कक्षा ११ तर्फ भर्ना चलिरहेको छ भने अनलाइन कक्षा पनि संचालन भइरहेको छ ।  गत वर्ष भन्दा यस वर्ष विद्यालयको भर्ना  २५ प्रतिशतले उत्साहजनक रहेको पाइयो ।   यसको कारकतत्व भनेको हामीले विद्यालयमा  नयाँ विषय  कम्प्युटर साइन्स लञ्च गरेकाले विद्यार्थीहरुको रुचि अत्यधिक  रहेको पाइयो ।