गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो 'परम्पा परम्पा' सार्वजनिक गरिएको छ । आधिकारिक युट्युब च्यानल 'गोविन्द राई इन्टरटेन्मेन्ट'मार्फत म्युजिक भिडियो रिलिज गरिएको हो ।

भिडियोमा शुभ आचार्य , मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारी फिचर्ड छन् । भिडियोलाई दिपेन बस्नेतले खिचेका हुन् भने सम्पादनका साथै रङ संयोजनको काम पनि उनैले गरेका छन् ।

'परम्पा परम्पा'मा चन्द्र सिर्मलको आवाज, शब्द र सङ्गीत गीतमा समावेश छ भने सङ्गीत संयोजन प्रसन्न परियार 'मिन्ट स्टुडियो' , रेकर्ड श्याम बाघोस्, मिक्सिङ मास्टरिङ् प्रदीप जोशी ले गरेका छन् । यस्तै मेकअप अशोक रोक्का र कोरीयोग्राफी कृश लिम्बुले गरेका हुन् । गीतको मिक्स मास्टर र रेकर्ड डोरेमी स्टुडियोमा गरिएको हो ।

नेपाली फिल्म क्षेत्रमा नृत्य निर्देशनमा चर्चित नाम हो गोविन्द राई उनका अनुसार ३०० भन्दा बढी फिल्ममा नृत्य तथा निर्देशन गरी सकेका छन् भने  हजारौँ  म्युजिक भिडियोमा पनि आफ्नो प्रस्तुति दिइसकेका छन् । राई अभिनयमा पनि उतिकै अब्बल छन्  । ती मध्य उनले गरेका कयौँ कामहरूले थुप्रै सम्मान पाउनुका साथै गोविन्दले फिल्ममा गरेका अभिनयले पनि दर्शकको मनलाई उत्ति नै जितेको छ  । पछिल्लो समय नृत्य निर्देशक गोविन्द राईको व्यस्तता बढ्दो छ ।