धरान  :  व्यापार  क्षेत्रमा धरानमा राम्रो  चर्चा कमाएको भाटभटेनी सुपरमार्केटले निशेधाज्ञाको मापदण्ड उल्लंघन गरेको छ ।

धरानमा  सञ्चालित सुपरमार्केटले राति ८ बजेसम्म खुला गरी जनस्वास्थ्यको मापदण्ड विपरीत सामग्री बिक्री वितरण गरेको धरान प्रहरीले  जनाएको छ ।  

 डिपार्टमेन्टको स्टोर  राती ८   पछि सम्म संचालनमा आएको थियो ।  धरान उपमहानगरपालिकाले  लकडाउनलाई  व्यवस्थित पार्दे  धरान क्षेत्रका सबै खालका पसलहरु साँझ ५ बजे पछि बन्द गर्ने  निर्णय गरेको थियो भने  सो निर्णयलाई डिपार्टमेन्टले उलङघन गरेको  हो । 

बढी समय संचालनमा ल्याइएको स्टोरलाई  धरान प्रहरीले आज  पहिलो दिन भएकाले सम्झाएर छाडेको बताएको छ भने  भोलीका दिनमा यस्तो  गल्ति दोहोरिएमा  जरिवाना  गर्ने तथा सामान पनि जफत हुने  चेतावनी समेत दिएको   प्रहरीले जनाएको छ ।  

पेय पदार्थ तथा फलफूल  मात्र नभएर डिपार्टमेन्ट स्टोरका सबै तलाहरु खुलेका थिए भने डिपार्टमेन्टमा कार्यरत कर्मचारीहरुको पनि छुट्टि भएको थिएन्।  भोली देखी तोकिएको समयमा स्टोर बन्द गर्ने सबै कर्मचारीहरुलाई समयमा नै छुटिट लिने  डिपार्टमेन्टले जनाएको  छ । 

​डिपार्टमेन्टले  गरेको यस्तो गल्तिको  बेवास्था  गरेको भन्दै अन्य साना तथा ठुला व्यवसायीहरुले उपमहानगरपालिका र प्रशासनप्रति गुनासो समेत गरेका छन्।