नेकपा एमाले सचिव भीम आचार्यका भाइको घरमा शंकास्पद घटना भएपछि प्रहरी घरमा पुगेको छ ।  

आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्यले भित्रबाट लगाएको चुक्कुल नखोलेपछि आफन्तले प्रहरीमा खबर गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले झ्यालबाट हेर्दा सुतिरहेको देखिएको बताए । उनले आफन्तको उपस्थितिमा ढोका खोलेर हेरेपछि मात्र यथार्थ थाहा हुने जानकारी दिए ।

मृत भएको हुन सक्ने सूचना पाएपछि प्रहरी टोली आचार्यको घरमा पुगेको छ ।