धरान उपमहानगरपालिकामा भदाै ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गरिने भएकाे छ । आज बिहान बसेकाे नगर कार्यपालिकाकाे बैठकले साे निर्णय गरेकाे धरान १५ का वडा अध्यक्ष नरेश इवारमले  जानकारी गराएका छन् ।

साेमबार  उपमहानरपालिकामा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहित सर्वदलीय सर्वपक्षीय बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गर्न सिफारिस गरेकाे थियाे । उक्त सिफारिसलाई कार्यपालिका बैठकले अनुमाेदन गरेकाे इवारमले बताएका छन् । 

उनले भने ' कार्यपालिका बैठक सकिएकाे छ,  १० दिन पूर्ण लकडाउन हुने भयाे । दूध र औषधिबाहेक सबै बन्द गर्ने निर्णय भएकाे छ । लकडाउन कडाइका साथ पालना गर्ने  कुरा भएकाे छ । '

उनले सबै पक्षबाट लकडाउन गर्नुपर्छ भन्ने भनाइ आइरहेकाे र संक्रमणकाे दर पनि निकै उच्च रहेकाे भन्ने जानकारी आएकाे बताएका छन् ।