सुनसरी/ सुनसरीको कोशी गाऊपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को२ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सवार एक जनाको मृत्यु र एक जना घाईते भएका छन् ।
हिजो बेलुका ५ बजे भएको दुर्घटनाबाट सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ कि २३ बर्षीय सबिना माझी घाईते भएकी छन्।
घाईते मध्ये यादबको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको थियो भने माझीको घोपा धरानमा उपचार भईरहेको छ ।
सिटी र चालक कोशी गाउँपालिका २ का २० बर्षीय रंजित यादव जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।