सुनसरी/ सुनसरीमा थप सात दिन निषेधाज्ञा थप गरिएको छ । डीसीसीएमसीको आज बसेको बैठकले कोरोना संक्रमण थप वृद्धि हुँदै गएकोले थप सात दिन निषेधाज्ञा थप गरेको हो ।
भदौ १ गते राति १२ बजेदेखि लागु हुनेगरी भदै ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
उनका अनुसार धरान तथा इटहरी उपमहानगरपालिकाको हकमा स्थानीय तहको सिफारिस अनुसार कुनै पनि बेला आदेश जारी हुनसक्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीद्धार जारी सुचनामा भनिएको छ ।
सुनसरीका दुई ठुला सहरका रुपमा चिनिएको इटहरी र धरानमा भीडभाड तथा स्वास्थ्य सामग्री नअपनाउदा जोखीम बढेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
