श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल श्रावण २८ गते बिहीबार, १२ अगस्त २०२१ । राक्षस संवत्सर श्रावण शुक्लपक्षको चतुर्थि   तिथि १५ः४० बजेसम्म, उप्रान्त पञ्चमी नक्षत्र उत्तरफाल्गुनि ९ः०६ बजेसम्म, उप्रान्त  हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः३२ र सूर्यास्त ६ः४४ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचेअनुरुप काम बन्नाले सहयोग प्राप्त हुनेछ ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा आम्दानीका स्रोतहरु फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिष्ठित काम गर्दै नाम दाम कमाउन सकिनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च लागे पनि कामतर्फ सकरात्मक संकेत  प्राप्त हुनेछ । पछि केही  वस्तु त्याग्नु पर्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आवश्यकतापुरा गर्नू  सरसापट लिनुपर्ला । उठ्नुपर्ने रकम हातलागी हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अस्वस्थ्यताले लक्ष्य प्राप्तिमा विलम्ब  हुनेछ । नयाँ काममा हात हाल्न केहि समय पर्खनुपर्ला ।  


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक यात्राको योग रहेको छ । सोचे अनुरुप लाभ हुनेछ ।सामाजिक कार्य मा रुचि बढ्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काहरु बन्दै जानेबछन् ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च बढ्नका साथै अर्थ अभावल सताउन सक्छ । फाइदाका लागि काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा लगानी बढाउन पर्ने स्थिति आउन सक्छ । छोटो दुरिको यात्रा हुन सक्छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विद्या र वुद्धिको विकास हुनेछ । आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च लागे पनि कामलाई सकरात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केहि वस्तु त्याग्नुपर्ने हुन सक्छ ।