श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल श्रावण २६ गते मंगलबार, १० अगस्त २०२१ । राक्षस संवत्सर श्रावण शुक्लपक्षको द्वितिया  तिथि १८ः२५ बजेसम्म, उप्रान्त तृतिया नक्षत्र मघा १०ः०९ बजेसम्म, उप्रान्त  पूर्वफाल्गुनि, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः३१ र सूर्यास्त ६ः४६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको कामलाइृ निरन्तरता दिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा निम्त्याउने छन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कस्मेटिकको व्यापार व्यवसायबाट लाभ रहला । पेट सम्बन्धी समस्याले सताउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । आफुलाई कमजोर भएको अनुभुति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । धार्मिक  सांस्कृतिक सभा समारोहमा सरिक हुनेसम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । सहयोगीहरुले दिएको सहयोगले चिताएको काम पुरा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र, आभुषण व्यापार व्यवसायबाट प्रसस्त लाभ रहनेछ । आँटेका तोकका कामहरु पुरा हुदै जानेछन् ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन हासखले र मनोरञ्जनपूर्ण समय छ । चिताएको कामले तिव्रता लिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
होटल, आभुषणको व्यापार व्यवसायबाट प्रसस्त लाभ रहला । प्रेम सम्बन्ध सफल रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरनिर्माण सम्बन्धी कार्य गर्दा सफलतामिल्नेछ । यात्रामा सरिक भइएला । पढाईमा रुचि बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो जमघटका विच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुवारीसाधन सरिद गर्ने योग रहेको छ । वैदेशिक क्षेत्रबाट प्रसस्त लाभ रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम सम्बन्ध सफल रहला । स्वास्थ्यमा समस्या आउन सक्छ । दिन सामान्य रहेको छ ।