नेकपा एमालेको भातृ संगठनले धरानमा भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध नाराबाजीसहित र्‍याली गरेका छन् । 

राष्ट्रिय युवा संघ, अनेरास्ववियु, अनेम संघ, भूमिहीन सुकुम्बासीलगायतका जनवर्गीय संगठनले धरानको छाता चोकदेखि भानुचोकसम्म  र्‍याली गर्दै कोणसभा गरे । कोण सभामा अनेरास्ववियुका केन्द्रीय नेता रवि खनाल, राष्ट्रिय युवा संघका नेता, अनेम संघकी नेतासमेत रहेकी धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीलगायतले सम्बोधन गरे । 

नेकपा एमाले संस्थापन समर्थित नेताहरुले नेपाली कांग्रेस भूमिहीन सुकुम्बासीको पक्षमा नरहेको बताए । धरानमा भूमिहीन सुकुम्बासीको फाराम भर्ने पहिलो पटकको समय कांग्रेस नेताहरुले नै गुजारेको उदाहरण दिंदै कांग्रेसबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आयोग खारेज गरेको बताए । कोण सभामा बोल्दै धरान उपप्रमुख मञ्जु भण्डारीले जनताले निर्वाचनमा कांग्रेसलाई जवाफ दिने बताइन् । 

आयोजित र्‍यालीमा नेकपा एमालेका केन्द्रीय सदस्य मुरारी सुवेदी, मोतीराज सुनुवारलगायत जिल्ला नेता, कार्यकर्ता, मजदुर नेतालगायतको सहभागिता रहेको थियो । 

कोण सभामा राष्ट्रिय युवा संघका नेताहरुले आफूहरु भूमिहीन सुकुम्बासीको पक्षमा रहेको उद्घोष गरेका थिए । देउवा सरकारले आयोगमा नियुक्त व्यक्ति परिवर्तन गर्न सक्ने अपेक्षित भए पनि आयोग नै खारेज गरेकाले पुनःस्थापना गर्न जोड दिएका थिए । 

youth force dharan 2

youth force dharan 4

youth force dharan 6

youth force dharan 7 1

youth force1

तस्बिर, भिडियाेः ब्लाष्ट / उपेन्द्र चाम्लिङ