श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल साउन २० गते बुधबार, ४ अगष्ट २०२१ । राक्षसनाम संवत्सर, श्रावण कृष्णपक्षको एकादशी  तिथि १५ः३४ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मृगशिरा भोलि ४ः३९ बजेसम्म, उप्रान्त  आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः२८ र सूर्यास्त ६ः५० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पु¥याउनेछ । बुद्धिको उपयोगले धन आर्जन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् । रोकिएका काम पुनः सुचारु हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वैदेशिक यात्राको योग रहेको छ । पारिवारिक समस्याले गर्दा मानसिक चिन्ता बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वस्त्र, आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त होला । आफन्त र इष्टमित्रबाट सहयोग प्राप्त होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल आउनेछ । विश्वास जित्न केही समय लाग्नेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला । मानसिक तनाव बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सानो प्रयत्नले ठूलो काम बन्ला । कर्मले सम्मानित स्थान दिलाउनेछ । समय उत्तमखालको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिश्रमको फल प्राप्त हुनुका साथै आय आर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ देखिन्छ ।