आधुनिक इटहरीका निर्माता पूर्व मेयर साथै प्रदेश १ सभाका सदस्य सर्वध्वज साँवाले कार्यकारिणी पद नहुँदा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।

‘ब्लाष्ट खबर’ इन्टरनेट टिभीमा कुराकानी गर्दै प्रदेश सांसद साँवाले जनतालाई देखाउने र आस्वास्त पार्ने खाल्को काम गर्न नसकेको बताएका हुन् । 

‘काम गरेकै हो नगरेको होइन तर साँवाले यो काम गर्यो भनेर देखाउने किसिमको काम भएन,’ सांसद साँवाले भने, ‘मेयर हुँदा जे देखाएँ, त्यस्तो काम देखाउन सकिनँ ।’

इटहरी राजधानी हुनुपर्ने विषयमा पार्टीका ठूला नेताको ह्वीप लागेको साँवाले बताए । उनले ९३ मा ६४ जनाको हस्ताक्षरसहित ‘गैर विधेयक’ मार्फत् इटहरी राजधानी पास गर्ने प्रयास गर्दा समेत नसकेको बताए । ‘६३ जनामा दुई तिहाई हुन्छ, ६४ जनाको हस्ताक्षर बोकेर हिंड्ने मै हुँ ।’ सांसद् सावाँले भने ।

सांसद साँवाले नेकपा एमाले विवाद, एमसीसी र इटहरी नगरका विकास बारे कुराकानी गरेका छन् ।