अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूहरुका विरुद्ध गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् । घटनामा परी अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले शुक्रबार जानकारी दिएको छ । 


अफगानको सुरक्षा बलले यहाँको पश्चिमी प्रान्त हेरातमा गरेको कारबाहीमा ५२ जना तालिबान लडाकू मारिएको जनाएको छ । साथै अन्य ४७ जना घाइते भएका छन् । 

हेरात कै घोर्यान जिल्लामा १३ लडाकू मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन् ।

घटनास्थलबाट सुरक्षाकर्मीले लडाकूहरुले प्रयोग गर्ने सवारी साधन, विस्फोटक पदार्थलगायत नियन्त्रणमा लिएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् । 

त्यसैगरी कान्दाहार प्रान्तमा ३६ लडाकू मारिएका छन् भने २० जना घाइते भएका छन् ।