अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच सोमबार फोन वार्ता भएको बताइएको छ । उनीहरुबीच हालैमात्र ट्युनिसियामा भएको राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो ।

महासचिव अहमद अबोल गइद र ट्युनिसियाका विदेशमन्त्री ओथमान जेरान्दीबीच ट्युनिसियामा विकसित भएको पछिल्लो राजनीतिक विषयवस्तुका बारेमा कुराकानी भएको बताइएको छ । 

ट्युनिसियामा गत आइतबार राति त्यहाँको संसद निलम्बन भएको छ भने यहाँका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् । 

त्यसपछि ट्युनिसियामा विकसित भएको राजनीतिका विकासक्रमका बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ । हाल त्यहाँका कार्यकारिणी अधिकार राष्ट्रपतिले लिएका छन्  भने नयाँ प्रधनानमन्त्री नियुक्त पनि गरेका छैनन् ।

यहाँ केही दिनयतादेखि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो र त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन् । यसै विषयमा अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच कुराकानी भएको बताइएको छ ।

– रासस - सिन्ह्वा