भारतमा  दुई राज्यकाे  सिमा विवादका  कारण झडप हुँदा  ६ जना प्रहरीकाे ज्यान गएकाे छ । 

भारतकाे आसाम र मिजाेराम राज्यका ेसिमान विवादमा भएकाे  झडपमा परि आसाम राज्यका ६ जना प्रहरीकाे मृत्यु भएकाे आसामका मुख्यमन्त्री हिमत विश्व शर्माले बताएका छन् ।

उनका अनुसार सिमा सुरक्षामा रहेका उक्त प्रहरीहरूमाथि मिजाेराम तर्फका अराजक भिडले ढुङ्गामुढा गर्नुका साथै प्रहरीलाई लक्षित गरी गाेली समेत चलाएकाे आराेप लगाएका छन् । 

 मिजाेरामका  गृहमन्त्री लालछमलियानाले भने आसामबाट मिजाेराम क्षेत्रमा जवरर्जस्ती प्रवेश गर्न खाेज्दा  सीआरपीएफ र प्रहरीसँग भनाभन् भइरहेको अवस्थामा मिजोरम राज्यका स्थानीयबासीले प्रतिकार गरेकाे जनाएका छन् ।

उनले स्थानियमाथि आसाम प्रहरीले लाठी चार्ज, अश्रुग्याँस र गोली प्रहारसमेत गरेको आरोप लगाएका छन् ।

घटनालाई लिएर दुबै राज्य सरकारले केन्द्र सरकारकाे हस्तक्षेपकाे माग गरेका छन् ।