संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी  राज्य युटामा  आइतबार एउटा भयानक दुर्घटना भएको छ । 

द न्युयोर्क टाइम्सका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण गत आइतबार उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । 

मृत्यु भएका आठ जनामध्ये पाँच जना एउटै कारमा रहेको अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा परी अरू  १० जना मानिस घाइते भएका छन् ।

उनीहरुलाई एम्बुलेन्स र एयर  एम्बुलेन्सबाट अस्पताल लगिएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा ती सवारी साधनहरू दुर्घटनामा परेका हुन् ।

सुरूमा एक जना चालकले गाडी रोकेपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किएका थिए ।