श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल श्रावण ७ गते बिहिबार, २२ जुलाई २०२१ । राक्षस संवत्सर असार शुक्लपक्षको  त्रयोदशी तिथि १३ः४५ बजेसम्म, उप्रान्त चतुर्दशी नक्षत्र मुल १६ः३५ बजेसम्म, उप्रान्त  पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः२१ र सूर्यास्त ६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

विहानको काम सन्तोषजनक नभए पनि विस्तारै मनको डर हराउनेछ । दिउँसोबाट दिगो काम प्रारम्भ हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । स्वास्थ्यमा प्रतिकुल असर पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वैदेशिक यात्राको योग रहेकोछ । स्वादिष्ट भोजन प्राप्ति होला । दिन राम्रो रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अध्ययन अध्यापनमा प्रगति हुनेछ । पेट सम्बन्धी समस्याले सताउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

जग्गा जमिनको कारोबारबाट प्रसस्त लाभ मिल्नेछ । प्रेम सम्बन्ध सटपटी बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विहानको समय संघर्ष पूर्ण देखिएपनि दिन मनोरञ्जनपूर्ण र उत्साहवद्र्धक रहनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन प्रसन्न रहला । धन र स्वास्थ्य लाभको साथै सुख प्राप्त होला । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सत्रुमाथि विजय प्राप्त हुनेछ । तर यो समय अवधिमा व्ययमा वृद्धि हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पढाइमा तथा प्रेममा सफलता मन प्रसन्न रहला । सन्तानबाट सन्तुष्टि प्राप्त होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

तपाईको मन अशान्त तथा निराशा रहन सक्छ । पारिवारिक कारणले मनमा चिन्ता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सुख र धनको प्राप्ति हुनेछ  । नयाँ वस्त्र प्राप्त हुनसक्छ । आफन्त तथा मित्र आदिवाट सहयोग मिल्ला ,

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ ।