उदयपुरको बेलका नगरपालिकाले वडा नं. ३ को धौरी क्षेत्रलाई कबुलियत वन बनाउन सिफारिस गरेको विरोधमा आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरी बीच झडप भएको छ । 

आन्दोलनकारीले बेलका नगरपालिकाको कार्यालय तोडफोड गरेका छन् । आन्दोलनकारीमाथि बेलका प्रशासनले १५ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । 

धौरी टप्पु क्षेत्रलाई कबुलियत वन  बनाउने सरकारको निर्णय विरुद्ध स्थानीय जनता आन्दोलनमा उत्रिएको स्थानीय पत्रकार भरत घिमिरेले जानकारी दिए । ‘भूमाफियाको चलखेलको कारण जनता आन्दोलनमा उत्रिएका हुन् ।’ पत्रकार घिमिरेले भने ।

झडपमा सञ्चारकर्मीसहित दर्जनौं स्थानीय घाइँते भएका छन् । झडपमा परी पत्रकार घिमिरेको मोबाइल फुटेको र आफू पनि सामान्य घाइँते भएको जानकारी दिएका छन् । 

नेपाल सरकारको मन्त्री परिषद्ले धौरी टप्पु क्षेत्रलाई कबुलियत वन बनाउने निर्णय गरेको स्थानीयको आरोप छ । कबुलियत वन बनाउनका लागि वडा कार्यालयदेखि नगरपालिकाले समेत भूमाफियाको प्रवाहमा सिफारिस गरेको स्थानीयले विरोध गरेका छन् ।  विरोधमा उत्रिएका स्थानीय बेलका वडा नं. ३, ८ र ९ सयौं  जनाता बेलका नगरपालिकाका कार्यालय घेराउ गर्न  पुगेका थिए । 

आन्दोलनकारी जनता माथि नगर प्रशासनले अश्रुग्याँस प्रहार गरेको र जनताको जायज मागमा दमन गरेको स्थानीयको आरोप छ ।

jhadap

dhunga1