श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल असार १४ गते सोमबार, २८ जुन २०२१ । राक्षसनाम संवत्सर असार कृष्णपक्षको चतुर्थी तिथि १४ः३५ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र धनिष्ठा १ः०४ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः१० र सूर्यास्त ७ः०३ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

बिहान विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक कार्यमा राम्रै फड्को मार्न सकिनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज अतिथिको रूपमा सत्कार पाइएला । कृषि कार्यका कामहरू सम्पन्न हुनेछन् ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । योजना गोप्य राखेर अधि बढ्नु होला ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिउँसोदेखि नयाँ कामको अवसर फेला पर्नेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अरूका लागि समय खर्चनु पर्ला । परिस्थिति अलि बिग्रन सक्छ । समय सामान्य रहेको छ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । स्वास्थ्यमा ध्यान दिनुहोला ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रियजनसँग रमाइलो भेटधाट हुनेछ । धेरै आफन्तसँग सम्पर्क बढ्नेछ । दिन राम्रो छ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रेमको बन्धन कमजोर बन्नेछ । व्यापारमा भने राम्रो आम्दानी हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेतको फल अरूकै हातमा पर्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान दिनुहोला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल नै रहनेछ । समय सामान्य छ ।


 ज्यो.पंः मोहन घिमिरे मो.नंः ९८१०४२५२५१