बेलबारी / मोरङको बिराटचोकमा आइतबार साँझ भएको सडक दुर्घटनामा नेपाली कांग्रेस धनकुटाका सचिव सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बिराटचोक पश्चिम बाट पुर्वतर्फ आँउदै गरेको टिफरले विपरीत दिशा बाट आउदै गरेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सोही क्रममा पुर्वतर्फ जाँदै गरेको सचिव कृष्ण बहादुर थापा सवार को २९ प  ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

दुर्घटनामा अर्को मोटरसाइकल चालक इटहरीका दिपु शाहको पनि मृत्यु भएको हो । कुमार थापा सवार मोटरसाइकलका अर्का व्यक्ति धनकुटाका भिम बहादुर थापा पनि गम्भीर घाइते भएका छन् उनको बिराटनगर स्थित बिराट नर्सिङ होममा उपचार भईरहेको प्रहरीले जनाएको छ ।