धरान/नेपाल स्काउटको ७० औं स्थापना दिवसको अवसर पारेर प्रदेश १ का स्थानीय तहमा शनिबार वृक्षारोपण गरिएको छ । 

यसक्रममा प्रदेश नम्बर १ स्काउट स्थानीय स्काउट कार्यालय धरानले पनि धरान(१६ स्थित दिवंगत नगर प्रमुख तारा सुब्बाको नाममा निर्मित तारा सुब्बा स्मृति पार्कमा विभिन्न प्रजातिको ५० वटा बिरुवा रोपण गरिएको छ । नेपाल स्काउट २००९ साल असार ५ गते स्थापना भएको थियो । नेपाल स्काउट प्रदेश १ तदर्थ समितिका सदस्य हेमन्त भण्डारीका अनुसार सिरिस, स्वामी, र फूल प्रजातिका बिरुवा रोपण गरिएको छ । 

कार्यक्रममा धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओली, धरान १६ का वडाध्यक्ष दिलकुमार गिरी, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वउपाध्यक्ष सन्तोष काफ्लेलगायतको सहभागितामा बिरुवा रोपण गरिएको हो । कार्यक्रम स्थानीय स्काउट कार्यालयका संयोजक अनुप योञ्जनको संयोजकत्वमा भएको थियो । 

scout_plantetion (2)