धरान । युरो २०२० अन्तर्गत समूहको बुधबार राति सम्पन्न खेलमा इटाली र वेल्सले जित हासिल गरेका छन् । 

इटालीले स्विटजरल्याण्डमाथि ३–० गोलले हराउँदा वेल्सले हंगेरीमाथि २–० गोलले हरायो । समूह एतर्फ इटाली ६ अंकका साथ पहिलो स्थानमा छ । अब इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्दै छ । यता वेल्सको ४ अंक छ । स्विटजरल्याण्डको १ अंक मात्रै छ । उसले वेल्ससँग बराबरी खेल्दै अंक बाडेका थिए । समूह ए तर्फ कुन देश राउन्ड १६ मा प्रवेश गर्नेछ भनेर अहिल्यै भन्न सक्ने अवस्था छैन । 

यदि स्विटजरल्याण्डले हंगेरीमाथि जित निकालेकामा उसको पनि ४ अंक हुनेछ । वेल्सले इटालीसँग हार भएमा गोल संख्याको आधारमा राउन्ड १६ मा प्रवेश गर्ने टिम स्विटजरल्याण्ड बन्ने हो कि वेल्स भन्ने अहिले नै तय हुँदैन । तर, हंगेरीसँग स्विटजरल्याण्ड बराबरी वा हारेको अवस्थामा भने वेल्स राउन्ड १६ मा प्रवेश गर्नेछ । 

समूह ए तर्फ इटाली भने समूह विजेता भन्दै राउन्ड १६ मा प्रवेश गर्ने सम्भावना बलियो छ । इटाली सन् २०१८ मा सम्पन्न विश्वकप फुटबलमा क्वालिफाइङ राउन्डबाटै बाहिरिएको देश हो । त्यसयता इटालीले आफ्नो खेल कौशललाई परिवर्तन गरिरहेको छ । पछिल्ला २९ खेलमा अपराजित यात्रा बनाएको इटाली कुन तहसम्म पुग्ने हो त्यो अहिले नै भन्न सक्ने अवस्था छैन । 

वेल्सका लागि आरोन राम्सीले खेलको ४२ औं मिनेटमा कप्तान ग्यारेथ बेलको पासमा गोल गरे । ग्यारेथ बेलले खेलको ६१ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेनन् । इन्जुरी समयमा कोनर रोबर्टस्ले गोल गर्दै वेल्सका लागि राहत प्रदान गरे । आउँदो आइतबार वेल्सले समूह ए तर्फको अन्तिम खेल इटालीसँग खेल्दै छ । 

यता इटालीले स्विटजरल्याण्डमाथि ३–० गोलमा हराउँदा मिडफिल्डर म्यानुअल लोकाटोलीले दुई गोल गरे भने कायरो इमाबोबिलेजले एक गोल गरे । लोकाटेलीले खेलको २६ र ५२ औं मिनेटमा गोल गर्दा इमाबोबिलेजले ८९ मिनेटमा गोल गरे । त्यस्तै समूह बीतर्फ रसियाले पनि फिनल्याण्डमाथि १–० गोलले हराएको छ ।