विराटनगर / विराटनगर अस्पताल (विराट नर्सिङ होम) ले १४ शैय्याको अत्याधुनिक मोडुलर आईसीयू संचालनमा ल्याएको छ । अस्पतालले ११ बेडको न्यूरो सर्जिकल आईसीयू सेवा पनि बधुबारदेखि संचालनमा ल्याएको हो । 

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले अस्पतालको आईसीयू उद्घाटन गरे । 

मोडुलर आईसीयूमा संक्रमणको दर अत्यन्तै कम हुने बताइएको छ । मोडुलर आईसीयूमा भर्ना भएका बिरामीका आफन्तले घरबाटै बिरामीलाई हेर्न सक्नेछन् ।

मोडुलर आईसीयूमा घरबाटै हेर्न सक्ने गरी कम्प्युटराइज्ड प्रविधिको व्यवस्था गरिएको अस्पतालका इन्चार्ज डा. ललित राजवंशीले जानकारी दिए । ‘अस्पतालको मोडुलर आईसीयमूमा भर्ना भएका विरामीका आफन्तले घरबाटै हेर्न सक्ने गरि त्यस्तो प्रविधिको विकास गरेका छौं,’ उनले भने । विराटनगर अस्पतालमा विभिन्न विभागका १०२ बेड आईसीयू छन् । यो उच्च प्रविधियुक्त आईसीयू भएको अस्पतालले जनाएको छ ।