श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल जेठ २४ गते सोमबार, ७ जुन २०२१ । राक्षस संवत्सर जेष्ठ कृष्णपक्षको द्वादशी तिथि ९ः०४ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र भरणी ५ः४९ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः०७ र सूर्यास्त ६ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिष्ठित काम गर्दै नाम दाम कमाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आम्दानी बढ्नाले उत्साह जगाउनेछ । श्रमको उचित मुल्य पाइनेछ । व्यापारमा राम्रो फाइदा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) पेटसम्बन्धी समस्याले सताउन सक्छ । खानपान विचार पु¥याउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मिहिनेत गर्दा आम्दानीको स्रोतहरु फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय राम्रो छ । तारिफ योग्य कामले धेरैको उपकार गर्न सकिनेछ । लामो दुरीको यात्रा रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) दुध तथा कृषि व्यापार व्यवसायबाट प्रसस्त लाभ रहला । मिष्ठान्न भोजन प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सवारी साधन खरीद गर्ने समय रहेको छ । पढाईमा भन्दा मनोरञ्जनमा मन जानेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) नयाँ कामको थालनीले व्यापार व्यवसायबाट राम्रो उन्नती हुनेछ । समय राम्रो रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शेयरमा लगानी गर्दा विचार पु¥याउनु होला । खानपानमा विचार पु¥याउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रेम सम्बन्धमा सफलता पाइनेछ । मिष्ठान्न भोजन प्राप्त रहला । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचे अनुरुप काम बन्नाले मन प्रफुल्लित रहनेछ ।