भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या ४४ दिनपछि सवैभन्दा थोरै देखिएको छ । 

दैनिक संक्रमितको संख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । 

पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोनाभाइरसबाट संक्रमित भएको पाइएको छ ।  

यसअघि दैनिक तीन लाख १८ हजार ८९५ जना संक्रमित भएका थिए भने एकैदिनमा तीन हजार ६६० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो । 

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको तथ्यांक सार्वजनिक गरिएको छ ।  

कुल संक्रमितमध्ये दुई करोड ४८ लाख ९३ हजार ४१० जना संक्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्यांक छ । 

भारतमा पछिल्लो समय कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या पनि बढेर ९०.३४ प्रतिशतसम्म पुगेको छ ।  

बिहीबार मात्रै भारतमा २० लाख ७० हजार ५०८ जनाको कोरोना परीक्षण गरिएको छ । 

भारतमा अहिले सक्रिय संक्रमितको संख्या २३ लाख ४३ हजार १५२ रहेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।