ब्लाष्टखबर । म्यानमारमा सेनाले गरेकाे कुका विरूद्धमा भएकाे आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या आठ सय १८ पुगेको छ ।

फेब्रुअरी १ तारिखमा निर्वाचित सरकारलाई अपदस्त गर्दै सेनाले सत्ता हातमा लिएपछि  भइरहेकाे आन्दोलन अहिलेसम्म चार हजार दुई सय ९६ जनालाई सैनिक सरकारले  पक्राउ गरेर थुनामा राखेको छ भने तीमध्ये ९५ जनालाई अदालतले नै थुन्ने आदेश दिएको छ ।

 सेना विरूद्धकाे आन्दोलनमा हिजो  तीन जनाको ज्यान गुमाएका छन्। आन्दोलनकारी र सुरक्षाकर्मीका बीचमा भएको झडपमा १३ जना सुरक्षाकर्मीको पनि ज्या न गएको छ । सैन्य सरकारले म्यानमारकी नेतृ आङ सान सुकीसहितका शीर्ष र प्रभावशाली नेताहरुलाई पनि नियन्त्रणमा राखेको छ ।

एक हजार ८ सय २२ जनालाई पक्राउ पूर्जी जारी गरेको समाचारसंस्था एएनआइले जनाएको छ । 

प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सेनाले विभिन्न आरोपमा लामो समय जेलमा राखेपछि हिजो विशेष अदालतमा उपस्थित गराइएको छ ।