जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले बराहक्षेत्र नगरपालिकामा सञ्चालित आइसोलेसन सेन्टरलाई अक्सिजनसहितको विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

प्रदान गरिएका स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सेन्ट्रेटर १ थान, अक्सिजन ४ सिलिण्डर, माक्स ५०० थान, डेडबडी ब्याग २ थान छन् । 

jagdish kushiyat2 

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिस कुसियत, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईं, बराहक्षेत्र नगरपालिका नगरप्रमुख निलम खनालसहितको उपस्थितिमा सोमबार आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री प्रदान गरिएको अहेब प्रमोद यादवले जानकारी दिए । 

टोलीले बराहक्षेत्र नगरपालिकाको आइसोलेसन केन्द्रको अवलोकन गर्दै आगामी दिनमा अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

barahakshetra_swasthya_samagri 2