आइतबार ओहायोको योङ्सटाउनमा गोली चल्दा तीन व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् ।
पीडितलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ । योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएन्एन्ले भनेको छ, ‘आइतबार बिहानै ०२ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समयअनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो ।’
सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्ति वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ ।