दमक ।जिल्ला प्रशाषन कार्यालय झापाले बिहिबार  निषेधाज्ञा सम्बन्धिको  ४ पन्ने  विज्ञप्ती निकालेको थियो । 

त्यो विज्ञप्तीमा निषेधाज्ञा जेष्ठ १४ गते सम्म लम्याउने भन्नेबारेमा लेखिएको थियो । यो अवधिमा के खुल्ने के नखुल्ने , खुल्ने कसरी  सञ्चालन गर्ने भन्नेबारेमा लेखिएको छ ।

त्यहाँ खाद्यन्न तथा तरकारी जन्य सामाग्रीको बिनबेच होम डेलिभरी सम्बन्धी गर्न पाइने भनेर निश्चित समयावधि पनि छुट्याइएको छ । बिहान  ९ बजे सम्ममा स्थानीय तह र त्यहाँको उद्योगा वाणिज्य सघंको समन्वयमा घर घर पुर्याइदिन पाउने भनेर उल्लेख गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाद्धारा हस्ताक्षरित विज्ञप्तीमा तरकारी, माछामासु , तथा अन्य अति आववश्यक पर्ने खाद्यन्न सामाग्री घर घर पुर्याउने भनेर लेखिएको भएपनि दमक नगरपालिकाले त्यो निर्णयलाई परिमार्जन गरिदिएको छ  ।

शुक्रबार नगर प्रमुखको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले दमकमा कोरोनाको जोखिम दिन प्रतिदिन बढेको भन्दै त्यस प्रकारको  घर घर पुर्याउने काम समेत  गर्न नपाइने निर्णय गरेको छ ।

यसमा दमक उद्योग वाणिज्य सघंका अध्यक्ष गोकुल श्रेष्ठले पनि सहममित जनाएपछि यस प्रकारको निर्णय भएको नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिए । साथै दमकबाट बाहिर समान पठाउने सन्दर्भमा सम्बन्धित पालिकाको सिफारिस अनिवार्य चाहिने पनि निर्णय गरिएको छ भने दमकमा कसैले केहि सामान लिएर आउँदैछ भने त्यसको अग्रिम जानकारी प्रहरी प्रशाषन र नगरपालिकामा गराएर मात्र ल्याउन पाउने पनि निर्णय गरेको छ ।

साथै  अन्य  कुराको हकमा  जिल्लाबाट भएको निर्णयालई पूर्ण पालना गराउन नगरका सबै संयन्त्रलाई परिचालन गरिने समेत निर्णय भएको नगरपािलकाका प्रमुख प्रशाषकिय अधिकृत गणेश प्रसाद तिम्सिनाले बताए ।

साथै दमकका कतिपय  सहकारीहरुले आन्तरिक काम भन्दै हरेक दिन सस्था खोलेको र कर्मचारी आउने जाने गरेको भन्दै बैठकमा प्रहरीले कुरा राखेपछि  जिल्लाबाट तोकिएका बाहेकका दिनमा मात्र खोल्नु  पर्ने र अन्य दिन पूर्ण रुपमा बन्द नै गराउन पनि  नगरपालिकाले निर्देशन गरेको छ ।

जिल्लाको निर्णय अनुसार यहाँ आईतबार र बुधबार सिमित कर्मचारी राखेर आलोपालो विधिमार्फत  कार्यालय सञ्चालन गर्न अनुमिती दिएको छ । यस्तै  सबै प्रकारा विकास निर्माणका कामहरु  स्वास्थ्य मापदण्ड पालना गराएर काम सञ्चालन गर्ने पनि निर्णय भएको छ ।

तर त्यसका लागि आवश्यक पर्ने निर्माण सामाग्रीहरु भने पसल खोलेर बिनबेच गर्न पाइने छैन । गोदामबाट सोझै निर्माण स्थलमा पुर्याउनु पर्ने   प्रावधान समेत राखीएको छ ।