धरान । आफ्नै पत्रिकाको जुनियर महिला कर्मचारीलाई करणी गरेको आरोपमा पक्राउ परी थुनामा रहेका तहल्का म्यागजिनका सम्पादक तरुण तेजपाल निदोर्ष सावित भएका छन् ।
गोवाको फास्ट ट्रयाक अदालतले शुक्रबार उनलाई निर्दोष सावित गरेको हो । तहल्का पत्रिकाका उनी प्रधान सम्पादकका रुपमा कार्यरत रहँदा आफ्नै कार्यालयको जुनियर महिलामाथि करणी गरेको आरोप लागेको थियो ।
उनलाई सन् २०१३ मा प्रहरीले पक्राउ गरेको हो । गोवा सरकारले यस मुद्दालाई सर्वोच्च अदालतमा पुनः दायर र्ने भएको छ । तेजपालमाथि लागेका सबै मुद्दाहरु खारेज गरिदिएको छ ।
उनी साढे सात वर्ष जेलमा बिताएका थिए । त्यो सात वर्षको अवधिमा आफू र आफ्नो परिवारले निकै दर्दानक अवस्था झेल्नु परेको बताए । निर्दोष सावित भएपछि जेलबाट छुटेपछि उनले भने, ‘गलत आरोपका कारण आफू र परिवारले सर्वस्व गुमाएको छ ।’
उनले आफ्ना अधिवक्ता राजीव गोमेजलाई विशेष धन्यवाद दिएका छन् । तर, अधिवक्ता गोमेजको गत साता कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो ।