श्री शालिवाहनीय शाके १९४२ ने.सं.१८४१ वि।सं। २०७८ साल जेठ ६ गते विहिबार, २० मे २०२१ / राक्षस संवत्सर वैशाख शुक्लपक्षको अष्टमी तिथि १२ः४५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मघा १६ः१६ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः११ र सूर्यास्त ६ः४९ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

घरेलु कार्यमा अलमलिनुपर्ने हुनसक्छ ।तापनी अध्ययन तथा नयाँ ज्ञानको खोजिमा दिन बित्नेछ ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धर्म कर्म तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । साथिभाई आफन्तहरुको सहयोग प्राप्त होला ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुगिनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेम सम्बन्धमा सट्पटि हुनेछ । वादविवाद बढ्नेछ । छोटो दुरीको यात्रा होला ।  


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दुध, कृषि व्यवसायबाट सोचे जस्तो आम्दानी न रहला । मन खिन्नता रहनेछ । 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा जमिनको कारोबारबाट मिल्ने छ । वैदेशिक क्षेत्रबाट प्रसस्त लाभ मिल्नेछ । 


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी क्षेत्रबाट प्रसस्त लाभ मिल्नेछ । पढाईमा रुचि बढ्नेछ । दिन राम्रो छ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

भौतिक साधनले जीवनमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रुपमा सत्कार पाइनेछ । 


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आकस्मिक समस्याले शरिरमा कमजोरी अनुभुति हुनेछ । परिस्थितिवश अनावश्यक खर्च होला ।