श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल जेठ ५ गते बुधबार, १९ मे २०२१ । राक्षस संवत्सर वैशाख शुक्लपक्षको सप्तमी तिथि १३ः१२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र अश्लेषा १६ः०६ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः१२ र सूर्यास्त ६ः४८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
उपलब्धिका लागि बौद्धिक व्यक्तित्वहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेयरमा लगानीगर्दा दिगो फाइदा हुनेछ । हड्डी सम्बनधी समस्याले सताउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगका भेटघाटले दिन रमाइलो रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । सहयोगीहरुको साथले चिताएको काम सम्पादन होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग सुमधुर सम्बन्धका लागि बोली व्यवहारमा विशेष ध्यान पु¥याउनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या पर्दा शुभचिन्तकहरुको साथ जुट्नेछ । साँझतिर भने स्वास्थ्यमा कमजोरी महसुुस होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आमस्मिक समस्याले शरीरमा कमजोरी अनुभुति हुनेछ । परिस्थितिवस अरुका लागि अलमलिनुपर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तारिफयोग्य कामगर्दैै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी वहन गर्ने बेलाभएको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले दाम नाम र प्रतिष्ठा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । पहिललेको स्थिति सुध्रनाले उत्साहित भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार, साझेदारी र सट्टा पट्टामा लाभ मिल्नेछ । श्रमको उचित मुल्यांकन हुनेछ ।