ब्लाष्टखबर । भारतमा लगातार तीन दिन  काेराेना संक्रमित दपिनेकाे संख्यामा कमि अाएपनि  संक्रमित मृत्यु हुनेकाे संख्यामा नयाँ रेकर्ड बनाइरहेकाे छ । 

पहिल्लाे २४ घण्टामा भारतमा ३ लाख ४८ हजार ३७१ नयाँ संक्रमित थपिएका छन् जुन पछिल्लाे  तीन दिन यताकाे निरन्तर कमि हाे । 

तर, मृत्युकाे संख्या भन्दै बढ्दाै गएकाे छ ।  २४ घण्टामा भारतमा ४ हजार २०८ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याे संख्या हाल सम्मकै सर्वाधिक हाे । 

भारतमा हाल सम्म २ लाख ५० हजार काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे छ । भारतीय सञ्चार मायमहरूका अनुसार पछिल्लाे १४ दिनमा ५० हजार भन्दा बढि संकेमितकाे मृत्यु भएकाे छ ।