श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख २८ गते मंगलबार, ११ मे २०२१ । राक्षस संवत्सर वैशाख कृष्णपक्षको औसी तिथि ००ः४५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र भरणी २३ः४४ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः१७ र सूर्यास्त ६ः४३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
वस्त्र, आभुषण तथा दाम्पत्य सुख आदि प्राप्त होला । आफन्त र इष्टमित्रबाट सयहोग प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाईको बोली तथा वाणीका प्रभावमा वृद्धि हुनेछ । उत्तम भोजन प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यले साथ देला शत्रुमाथि विजय प्राप्त हुनेछ । उत्तम  भोजन प्राप्त होला । साथै धन लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर र व्यवधानका वीचबाट कर्मफल हातपार्न सफल भइनेछ ।अरुको विश्वास जित्न केही समय लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)a
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले सम्भावित स्थान दिलाउन सक्छ । बैद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा दिगो फाइदा हुनेका हात लागी हुनेछ । सहयोगीहरुले साथ दिनाले चिताएका काम पुरा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
होटल, आभुषणको व्यापार व्यवासयबाट प्रसस्त लाभ रहला । प्रेम सम्बनध सफल रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घर निर्माण सम्बन्धी कार्य गर्दा सफलता मिल्नेछ । यात्रा रहला । पढाईमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेयरमा लगानि गर्दा प्रसस्त लाभ हुनेछ  । धार्मिक तथा सामाजिक कार्यमा मन बढ्नेछ ।