श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख २७ गते सोमबार, १० मे २०२१ । राक्षस संवत्सर वैशाख कृष्णपक्षको चतुर्दशी तिथि २२ः११ बजेसम्म, उप्रान्त औसी, नक्षत्र अश्विनी २०ः३८ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः१७ र सूर्यास्त ६ः४२ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलगाी हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अतिथिका रुपमा मानसम्मान प्राप्त होला । टाढिएका साथीभाइसँग भेटघाट हुनेछ ।  


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिबनधले केही समस्या निम्त्याउन सक्छ । सामान्य काम गर्दा पनि निकै मिहिनेछ पर्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरका लागि विवादास्पद जिम्मेवारी बहन गर्नुपर्ला । पछिका लागि सम्भावना देखिएपछि फाइदा न होला ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन  कसिनुका साथै सफलता मिल्नेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति  र मनमा शान्ति छाउनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आँखा सम्बन्धी समस्याले सताउन सक्छ । सवारिसाधन चलाउदा विचार पु¥याउनु होला ।