धरानमा थप ५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसंगै दाेस्राे लहरकाे संक्रमणले हालसम्म धरानमा ५०५ जना संक्रमित भएकाे धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् ।
उनका अनुसार बिहिबार गरिएकाे स्वाव संकलनकाे गयराती आएकाे पिसिआर रिपाेर्टमा ५६ जनामा संक्रमण देखिएकाे हाे । संक्रमित देखिएका मध्ये २ जना यस अघि एन्टिजेन परिक्षणमा पोजेटिभ देखिएका रहकाे मेहताले बताएका छन् ।
दाेस्राे लहरकाे संक्रमणका कारण हालसम्म धरानमा ५ जनाकाे मृत्यु भएकाे छ । मेहताका अनुसार हालसम्म सय जनाकाे हाराहारी संक्रमण मुक्त भएका छन् ।
धरानमा सबैभन्दा धेरै बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा करिब संक्रमित देखिएकाे छ । मेहताका अनुसार धरानका अन्य वडाकाे तुलनामा १८, १ , १५, ८, ११, १२ ,१६, २, ३ नम्बर वडामा संक्रमितकाे संख्या बढी रहेकाे छ ।