ब्लाष्टखबर । भारतमा लगातार नवाैं दिन काेराेना संक्रमितकाे संख्या ३ लाख नाघेकाे छ । बिहिबार भारतमा ३ लाख ८६ हजार ६९३ जनामा संक्रमण पुष्टि भएकाे छ ।

  याे संगै भारतमा काेराेना संक्रमणकाे दर २१.२ प्रतिसत पुगेकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ । यसकाे मतलब भारतमा सय जना मध्ये २१ जना काेराेना संक्रमित भेटिएका छन् । 

बिहिबार मात्रै भारतमा ३ हजार ५०२ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

अप्रिल ६ बाट दैनिक लाख भन्दा बढि संक्रमित भेटिएकामा २४ दिन भित्रै दैनिक संक्रमितकाे संख्या ४ लाख नजिक पुगेकाे छ । संक्रमितकाे संख्यामा बृद्धि भएसंगै मृत्यु दरमा पनि बृद्धि भइरहेकाे छ ।