श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख ११ गते शनिबार, २४ अप्रिल २०२१ । राक्षस संवत्सर चैत्र शुक्लपक्षको द्वादशी तिथि १९ः३३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पूर्वफाल्गुनी ६ः३६ बजेसम्म, उप्रान्त हस्ता चन्द्रमाराशि सिंह, सूर्योदय ५ः३० र सूर्यास्त ६ः३३ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफ्नै पक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज विशिष्ट व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेकोछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम बढ्ने छ । विद्यामा सफलता पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धनार्जनका स्रोतहरु पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल भइदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोगको भाव आउला । प्रेम सम्बन्ध कसिलो होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लाभदायक यात्रा रहला । महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्छ । पहिले दिएको बचनले अप्ठ्यारो पार्न सक्छ ।