ब्लाष्टखबर । धरानस्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान भित्र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय इनरूवा र धरान उपमहानगरपालिका गुणस्तर नियन्त्रण शाखाले संयुक्त रूपमा अनुगमन गरेकाे छ ।
प्रतिष्ठान परिसर भित्र संञ्चालित मेस तथा क्यान्टिनहरुमाहरूमा गुणस्तरीय खाना बिक्री, वितरण गर्ने गरेकाे भन्दै जिल्ला प्रशासनमा उजुरू परेपछि बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवाका प्रमुख काशीनाथ घिमिरेको नेतृत्वमा संयुक्त रूपमा अनुगमन गरिएकाे धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताएका छन् ।
उनका अनुसार दुई वटा मेस र ३ वटा क्यान्टिनमा गरि ५ ठाउमा अनुगमन भएकाे थियाे । अनुगमनका क्रममा म्याद गुज्रिएका, म्याद र मुल्य सुची स्पष्ट नभएको सामानहरु फेला परेकाेले ति समानहरू नष्ट गरी आगामी दिनमा सुधार गरी गुणस्तरीय खाना खुवाउन सुझाव तथा निर्देशन दिएको अधिकृत सापकोटाले बताएका छन् ।
उनले भने ' खानामा रंग हाल्ने, सोडा हाल्ने, खाना गुणस्तरीय नभएको भन्ने उजुरी परेकाे रहेछ हामीले अनुगमन गर्दा, म्याद गुज्रिएकाे आइसक्रिम फेला पर्याे हामीले क्यान्टिन संञ्चालक हाेस्टेल व्यावस्थापक लगायत प्रतिष्ठानकाे प्रसासनलाई पनि भेटेर कसरी सुधार गर्ने भन्ने बारेमा सुझाव र चेतावनी दिएका छाै ।'