धरानमा १६ सहित प्रदेश १ मा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ६ सय दुई जनाको पीसीआर परीक्षण गर्दा ७२ महिला र ९६ पुरुषमा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार मोरङमा १ सय ८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, तेह्रथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको छ ।
विराटनगरमा संक्रमज्ञण पुष्टि भएका ९७ मध्ये ४६ महिला र ५१ पुरुष छन् । मोरङको बूढीगंगा, उर्लाबारी, कटहरीमा २–२, सुन्दरहरैँचा, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।
सुनसरीको धरानमा १६ सहित इटहरीमा ७, वराहक्षेत्र, दुहवी, गढी, भोक्राहा नरसिंह र कोसी गाउँपालिकामा १–१जनामा संक्रमण पुष्टि भएको छ ।
झापाको भद्रपुर र बिर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
धनकुटाको धनकुटा नगरपालिकामा २, तेह्रथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ । २९ हजार ९३२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ६ सय ६६ जना छन् ।