ब्लाष्टखबर । भारतमा काेराेनाकाे देस्राे लहर सुरू भएसंगै अस्पतालमा वेड संख्या, अक्सिजन,  भेन्टिलेटरलगायत शवगृहमा स्थान अभाव,  शमसान घाटमा दाउराकाे अभाव जस्ताे भयावह परिस्थितिकाे देखा परिरहेकाे छ । 

दैनिक लाख भन्दाम बढी संक्रमित भेटिदै आएकाे भारतमा काेराेनाका बिरामीकाे उपचारकालागी आवश्यक रेमडेसिभिरकाे कालाेबजारी हुँदै आएकाे छ । भारतीय सञ्चारमाध्यमका  आनुसार  माहाराष्ट्रको बारामतीमा नक्कली रेमेडिसिभिर ईन्जेक्सन बेच्चे चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

पक्राउ परेका ती व्यक्तिहरूले रेमडेसिभिरको खाली शीशीमा प्यारासिटामोल सिरप हाली बेच्ने गरेकाे खुलेपछि उनिहरूलाई  प्रहरीले पक्राउ गरेकाे हाे । समचारका अनुसार उनिहरूले त्यसरी तयार गरेकाे उक्त नक्कली  रेमडेसिभिरकाे इजेक्सन काेराेनाका विरानमीहरूलाई ३५ हजार सम्ममा बिक्रगर्ने गरेका थिए । 

पुणेका एसपी  नारायण शिवगावकरका अनुसार उनिहरूकाे साथबाट अन्य तीन शिशी बरामद गरिएकाे थियाे जसमा  रेमडेसिभिर लेखिएकाे भएपनी लिक्विट फर्ममा प्यारासिटामल रहेकाे थियाे । समचारमा पक्राउ परेकाे व्यक्तिहरूकाे नाम भने उल्लेख गरिएकाे छैन ।