ब्लाष्टखबर । ओखलढुङ्गाकाे लिखु गाउँपालिकामा गयराती चट्याङपर्दा गाउँपालिकाकाे गाउँपालिका अध्यक्षकाे घरमा आगलागी भएकाे छ ।
गाउपालिकाकाे ८ नम्बर वडा स्थित टारकेराबारीमा रहकाे घरमा आगलागी हुँदा अध्यक्ष गोविन्द पौडेल सहोदार भाइ साेहि वडाका वडाध्यक्ष विशाल पौडेलकाे घरमा आगलागी भएकाे हाे ।
आगलागीका कारण पौडेल दाजुभाइका ३ वटा घर जलेर ध्वस्त भएकाे अध्यक्ष पौडेललेबताएका छन् ।
उनका अनुसार अध्यक्ष गोविन्दकाे घरमा मानिस नबस्ने भएकाले मानविय क्षति नभएपनि वडा अध्यक्ष भाइ विशालको घरमा भागदौड हुँदा बुहारीको खुट्टा फ्याक्चर भएको छ ।
उनले आगलागीले घरभित्र रहेका नगद जिन्सी लगायत सबै भौतिक सामाग्री नष्ट भएको बताएका छन्।