यासोक । पछिल्लो समय सरकारले बिकाश निर्माणको कामले छलाङ मारेको दावि गर्दै आएको छ । देश भरका सडक र पुल निर्माणले गति लिएको तथ्याङकको अंक गणिय गरिरहेको बेला पाँचथरमा लामो समयदेखि अलपत्र भएको पुलको काम बल्ल सुरु भएको छ ।

जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिका जोड्ने सावाँ सेराको पक्की पुलको काम तीन वर्षपछि सुरु भएको हो । ठेकेदार कम्पनीले २०७४ सालदेखि सुरु भएको योजना प्राविधिक समस्या आएको भन्दै काम गर्न छोडेको थियो ।

योजनाको डिपिआर गलत भएको भन्दै काम बन्द भएको थियो ।  तमोर कोरिडोर सडकम निर्माणधिन पूल अलपत्र हुदा स्थानीयले खोला वारपार गर्न समस्या भोग्दै आएका थिए । तर ढिलै भएपनि पुलको काम पुन ः सुरु भएपछि स्थानीयवासी आसावादी भएका छन । 

उत्तर दक्षिण लोकमार्ग ताप्लेजुङले ४ करोड ८१ लाख ७० हजार रुपैयाँ लागतमा मौनाचुली वाईपिआर जेभीलाई ठेक्का दिएको थियो । ठेकेदार कम्पनीले २०७४ सालदेखि २०७६ साल भदौसम्म योजनाको पुरा गर्ने गरी ठेक्का दिएको थियो ।

  सो समय अवधिमा पूरा नहुदा योजनाको काम अलपत्र बन्न पुग्यो । ठेकेदार कम्पनीले पून: २०७७ साल पुष ४ गतेसम्म म्याद थप काम गरेको थियो ।

तर त्यो अवधीमा पनि पूरा नभएपछि पुन २०७८ साल असार मसन्तसम्म म्याद थप गरी काम गर्दै आएको छ । दोस्रो पटक थपिएकोे समयअवधिमा योजना पूरा हुनेमा शंका पैदा भएको छ ।

  तर योजनाको काम ६० प्रतिशत पुरा भएको ठेकेदार कम्पनीको दावि छ । थपिएको समयअवधिमा काम सक्ने गरी पुलको काम गर्दै आएको निर्माण व्यवसायी देवी प्रसाद खनालको भनाइ छ ।

योजनाको ठेक्का दिएको उत्तर दक्षिण लोकमार्ग ताप्लेजुङले डिपिआर रिपोट गलत भएकाले योजनाको काम केही समय रोकिएको बताएको छ ।

संङघीय संरचना अनुसार कार्यालय कहाँ बस्ने भन्ने टुङ्गो ढिलो हुनु, डिपिआर रिपोट मन्त्रालयबाट सच्याउँन समय लाग्नु जस्ता कारणले योजनाको काम ढिलो भएको कार्यालयका प्रमुख माधव पौडेलको दावि छ ।

स्थानीयले बर्खाको समयमा दुई पाङ्ग्रे सवारी साधन ५ सयदेखि एक हजार रुपैयाँसम्म रकम बुझाएर तादै आएका छन । ढिलै भएपनि आयोजनाले गति लिएको छ ।