बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकाको दुधेमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान शिवसताक्षी नगरपालिका ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ७९८४ नं को एम्बुलेन्स आफै अनियन्त्रत भई दुर्घट्ना भएको थियो ।

दुर्घटनामा परेर एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका ७ बस्ने २० वर्षिय उत्सब घिमिरेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । एम्बुलेन्समा सवार अर्का सोही ठाउँका २० वर्षिय सन्तोष तामाङ गम्भीर घाईते भई बिर्तामोडमा उपचार भइरहेको छ ।

दुर्घटनामा गम्भिर घाईते भएका चालकको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको हो । घटनास्थलको प्रकृति हेर्दा चालक निदाएका कारण एम्बुलेन्स अनियन्त्रित भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।